२० औँ अन्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

  • प्रकाशित मिति: सोमबार, साउन २७ २०७६
  • तामाकोशी

रामेछाप । साउन २७ गते,
रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरकारकारी कार्यालयमा प्रमुख एवं प्रतिनिधि , शिक्षक , विद्यार्थी , स्काउट र विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहितको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको हो ।
सदरमुकाम मन्थलीका विपि चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापमा प्रमुख प्रेम बहादुर खड्का , नेकपा रामेछापमा जिल्ला नेता लव श्रेष्ठ , नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव लेख बहादुर कार्की , जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्की लगाएत आफ्नो बिचार राखेका थिए ।
त्यस्तै मन्थली स्थित सामुदायिक विद्यालयका विद्यार्थीहरुले युवाका सन्दर्भमा आफ्नो बिचार राखेका थिए । यो बर्षको अन्तराष्ट्रिय युवा दिवसको नारा शिक्षामा रुपान्तरण , उद्यमशिलता र नवप्रवर्तन राखिएको छ । कार्यक्रममा वक्ताहरुले युवालाई शिक्षा, शिप र रोजगारी दिनु अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिएका थिए ।