गाउँपालिका अध्यक्ष खड्काको दावि मससंग रेकर्ड छः वडाध्यक्षले ज्यान मार्ने योजना बनाए’

  • प्रकाशित मिति: शुक्रबार, साउन २४ २०७६
  • तामाकोशी

वडाध्यक्ष भन्छ “बैशाख १२ को भुकम्भ आए जस्तै भयो”
रामेछाप, साउन २४ गते ।

रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खडकाले गाउँपालिका भित्रकै वडाध्यक्षले आफूलाई ज्यान मार्ने योजना बनाएको दावी गरेका छन् ।



दुई करोड नदिए ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले रामेछापकै लोप्साङ भन्ने मिलन तामाङलाई गोली हानेर पक्राउ गरेलगत्तै गाउँपालिका अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवास बोहोराले आफ्नो ज्यान मार्न खोजेको आरोप लगाए ।

‘मलाई मार्ने र मसँग चन्दा माग्ने मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवास बोहोरा हुन, उनैले ज्यान मार्ने योजना बनाए, म संग रेकर्ड छ हाम्रो विश्वास लाग्दैन’ खडकाले भने । तर वडाध्यक्ष बोहोराले भने यो सम्बन्धि विभिन्न अनलाइनमा समाचार आए पछि आफुलाई बैशाख १२ को भुकम्प आए जस्तो भएको आस्चर्य जनाए । आफुलाई यो संग सम्बन्धि केहि थाहा नपाएको तर विभिन्न अनलाइनहरुमा समाचार देख्दा आश्चर्य लागेको उनको भनाई छ । वडाध्यक्ष बोहोराले भने “म आश्चर्य भएकोछु मलाई बैशाख १२ गतेको भुकम्प जस्तै भएको छ, यसले गम्भिर बनाएको छ अहिले यति बुझौं” ।