दोलखाको जुँगुमा पहिरोमा परी दुई जना वेपत्ता

  • प्रकाशित मिति: शनिबार, साउन १८ २०७६
  • तामाकोशी

दोलखा,साउन १८। दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुँगुखोलामा फसेको वस र त्यसमा सवार करिव २० जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ । वेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का र वडा नम्वर २ का करिव ५५ वर्षिय जित खत्री रहेका छन् ।



उनीहरुको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ । जुँगुखोलामा फसेको बस र त्यसमा रहेका यात्रुहरुको उद्धारका लागि जाने क्रममा माथिबाट आएको पहिरोमा परी उनीहरु बेपत्ता भएको बताईएको छ ।

पहिरोमा परी अन्य केही सामान्य घाईते भएका छन् । घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ ।