काभ्रेमा ५ जना प्रहरी घुससहित पक्राउ

  • प्रकाशित मिति: शुक्रबार, साउन १७ २०७६
  • तामाकोशी

काभ्रे । साउन १७ गते,
जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकका पाँच जना प्रहरी घुससहित पक्राउ परेका छन् । हिगुवापाटी ट्राफिक पोस्ट, पाँचखाल ट्राफिक पोस्ट, पाँचखाल मोटरसाइकल गस्ती र बनेपा ट्राफिक पोस्टका ५ जना प्रहरी कर्मचारीहरु पक्राउ परेका हुन् । बालुवा लिएर मेलम्चीदेखि काठमाण्डौका लागि छुट्ने हरेक टिपरबाट १ देखि २ हजार रुपैयाँ लिएको उजुरीको आधारमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हिगुवापाटी ट्राफिक पोस्टका प्रहरी जवान तेजप्रसाद भट्टराई, प्रहरी चौकी पाँचखालमा मोटरसाइकल गस्ती गर्ने प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादे एवं बनेपा ट्राफिक पोस्टका प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धर रहेका छन् ।