प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाद्धारा सपथ ग्रहन

  • प्रकाशित मिति: आइतबार, साउन १२ २०७६
  • तामाकोशी

हेटौंडा । साउन १२ गते,
प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले उनलाई सपथ दिलाएका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो ।