रामेछाप, साउन ९ गते । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार बजारमा भीषण आगोलागी भएको छ ।
आगोलागीबाट साँघुटार बजारको चार घर पुर्ण क्षति भएको पुर्वसांसद देवशंकर पौडेलले जानकारी दिनु भयो । उहाँको अनुसार विहान सात बजेतिर एकघरबाट आगो सल्केको र समयमै नियन्त्रण गर्न नसक्दा राजन सुवेदि, अंकित श्रेष्ठ , लगाएतको घर पुर्ण रुपमा क्षति भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरिक्षक शेख अदालतले भने इलाका प्रहरी कार्यालय धोवीबाट प्रहरी निरिक्षकको नेत्रित्वमा टोली परिचालन भएको जानकारी दिए । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगालागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले आगोलागी नियन्त्रणमा आएता पनि आगालागी बाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।