रामेछाप । असार २८ गते,
रामेछापको मन्थली—खुर्काेट सडक जताततै अवरुद्ध भएपछि अरनिको राजमार्गबाट यातायातका साधनहरु संचालन गरिएको छ । रामेछाप सदरमुकामकै विभिन्न स्थान भएको पहिरो पन्छाएर शनिबार बिहानैदेखी अरनिको राजमार्गबाट मन्थली काठमाडौँ बस संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।
मन्थली नगरपालिका ,जिल्ला प्रहरी , जिल्ला ट्राफिक प्रहरी लगाएतको सक्रियतामा मन्थली बसपार्क , आकाशे लगाएतका स्थानहरुमा आएको अवरोध हटाएर यातायातका साधनहरु संचालन गरिएको प्रवक्ता अदालतको भनाई छ । अहिले मन्थली नगरपालिका वडा नम्बर ६ को बोक्से पहरोमा पहिरो गएपछि रोकिएर बसेका मालबहाक ट्रक तथा सवारी साधनहरुलाई पहिरो हटाएर निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता अदालतले जानकारी दिए । उनले मन्थली खुर्काेट हँुदै काठमाडौँ सडकको खुर्काेट पुल नजिक ठुलो पहिरो गएको सडकको विचमा ठुलो ढुंगा बसेकाले यो सडक संचालन गर्न अझै केहि दिन लाग्ने बताए ।
रामेछापको मन्थली—खुर्काेट सडक नखुलेपछि अरनिको राजमार्गबाट यातायातका साधन संचालन
- प्रकाशित मिति: शनिबार, असार २८ २०७६
- तामाकोशी