सम्भावित विपद्लाई मध्यजर गरी रामेछापका सुरक्षा निकाय तयारी अवस्थामा , सवै स्थानीय तहमा त्रिपाल र कमल पठाइयो

  • प्रकाशित मिति: शनिबार, असार २८ २०७६
  • तामाकोशी

रामेछाप । असार २८ गते,
अविरल बर्षासँगै आएको बाढि पहिरोका कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । जिल्लमा सम्भावित विपद्बाट हुन सक्ने जध धनको क्षतिबाट जोगाउनको लागि सवै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । केहिदिनअघि बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकलेनै आवश्यकताको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो । सम्भावित विपद्का घटनालाई मध्यनजर गरी रामेछापको आठ वटै स्थानीय तहमा दुई÷दुई सय त्रिपाल र एक÷एक सय कमल पठाइएको छ । प्रशासनले अविरल बर्षापछि आउँसक्ने सम्भावित दुर्घटनाबाट जोगिन सुरक्षित स्थानमा बस्न रामेछाप जिल्लावासीलाई आग्रह गरेको छ ।
विपद परेका सम्पर्क गर्ने महत्वपुर्ण फोन नम्बरहरु
१.जिल्ला प्रशासन कार्यालय रामेछाप-०५८५४०१३३
२.टोल फ्री-१६६०४८५४८८८
३.जिल्ला प्रहरी कार्यालय रामेछाप-०४८५४००९९-१००
४.ससस्त्र बल मन्थली-०४८५४०४७८
५.जिल्ला अस्पातल रामेछाप-०४८६९००८७-०४८६९००८८
६.तामाकोशी सहकारी अस्पातल-०४८५४०२१०
७.रामेछाप सामुदायिक अस्पातल-०४८५४०४७६
८.मन्थली पोलीक्लिन्क-०४८५४०३०५
९.साहारा सामुदायिक अस्पातल-०४८५४००५०
१०.जिल्ला अस्पताल रामेछाप एम्बुलेन्स-९७४४०१६३४०
११.तामाकोशी अस्पातल एम्बुलेस-९७४१०८०१३८
१२.नेपाल रेडक्रस एम्बुलेन्स-९८६४००७२८०-९८५४०४०१२९
१३.धोबी स्वास्थ्य एम्बुलेस-९८४३२८०८९३
१४.सालु स्वास्थ्य एम्बुलेन्स-९८४३२८६३१९