सिन्धुली । असार २७ गते,
सिन्धुलीको फिक्कलमा पहिरो जाँदा एकजनाको पुरिएर मृत्युु भएको छ । पहिरोमा पुरिएर फिक्कलकी हेमकुमारी सुनुवारको मृत्यु भएको हो ।
तीन दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीको कमला र मरिण नदीमा आएको बाढीले खेतीयोग्य जग्गा कटान सुरु गरेको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको गौमती नदीमा आएको बाढीले मुख्य बजारका नदी तटीय क्षेत्रमा जोखिम बढाएको छ । भारी वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तराई र भित्री तराई क्षेत्रको बीचमा पर्ने चुरे पहाडको काखमा अवस्थित कमलाखोच क्षेत्रमा चुरे पहाड विनासका कारणले कमला नदी र खहरेहरुमा आउने बाढीले रानीवास, निपाने, काउछे, हर्षाही, टाडीलगायतका मानव बस्तीसमेत जोखिममा पर्न थालेका छन् । त्यस्तै, मरिण क्षेत्रका सहान, नक्कली, बाह्रबीसेलगायतका बस्तीसमेत जोखिममा परेको स्थानीयले बताएका छन् ।
सिन्धुलीको फिक्कलमा पहिरोमा परी एकजनाको मृत्युु
- प्रकाशित मिति: शुक्रबार, असार २७ २०७६
- तामाकोशी