रामेछाप । असार २६ गते,
रामेछापको सदरमुकाम मन्थली र आसपासको क्षेत्रमा सघन रुपमा वृक्षा रोपणको लागि सामुदायीक सहभागिता जुटाइने भएको छ । सामुदायीक विकास, सृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले जर्मन सरकारको सहयोगमा सञ्चालन गरेको वातावरण संरक्षण परियोजनाले जनशहभागिता जुटाई वृक्षारोपण गर्ने विषयमा बिहिबार मन्थलीमा सरोकारवालासँग छलफल गरेको छ । 
प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सामुदायिक विकास कार्यक्रमका निर्देशक मिलन घिसिङले सो परियोजना अन्तर्गत रामेछापको मन्थली खुर्काे, मन्थली कठजोर, मन्थली रामेछाप लगायतका सडक किनार र त्यस आसपासका किसानहरुका निजि जग्गामा समेत वृक्षारोपण तथा फलफूल र डालेघाँसका विरुवा रोप्ने कार्यक्रम रहेको बताए । परियोजनाको ३ वर्षको अवधिमा ९ लाख विरुवा रोप्ने योजना रहेको उनले बताए । यसको लागि परियोजनाले मात्र काम गरेर सम्भव नहुने भएकोले स्थानीय समुदायसँग सहकार्य गरी काम गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै साँसद पौडेलले रुख रोप्दाखेरि प्राविधिक रुपले कुन ठाउँमा कुन विरुवा हुन्छ भन्ने कुरा हेरेर मात्र रोप्नु पर्ने बताए । यसैगरी सडक क्षेत्रको पनि निजि जग्गामा फल दिने खालका रुख रोप्दा किसानहरुको जीवस्तर पनि उकास्न सहयोग पुग्ने उनले बताए ।
नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले वृक्षारोपणमा डालेघाँसका विरुवा लगाउँदा किसानको सहभागित बढ्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमखु एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, मन्थली स्थिति विभिन्न विद्यलायका प्रधानाध्यापकहरु तथा मन्थली नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । सहभागिहरुले विरुवा रोप्ने भन्दा पनि त्यसको संरक्षण हुर्काउने गरी कार्यक्रम बनाउनु पर्ने बताएका थिए । सो कार्यक्रममा विद्यालय तथा अन्य सहभागिहरुले वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने काममा आआफ्नो तर्फबाट सहभागिता हुने बताए ।
रामेछापमा वृक्षारोपण कार्यक्रममा जनसहभागित बढाउने विषयमा छलफल
- प्रकाशित मिति: बिहिबार, असार २६ २०७६
- तामाकोशी