सिन्धुली । असार २२ गते,
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई प्रहरीले निर्घात कुटपिट गरेको छ । भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हो ।
प्रहरीको कुटाइबाट कार्की गम्भीर घाइते भएका छन् । कार्कीमाथि शनिबार राती करिब ९ बजे सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा साङ्घातिक आक्रमणम हुँदा टाउकोमा चोट लागेर घाइते भएका छन् । पत्रकार कार्कीलाई सादा पोशाकमा रहेका प्रहरीले आक्रमण गरेको बताइएको छ ।
सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते कार्कीलाई काठमाडौं रिफर गरिएको छ । स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका छन् । जसका कारण शनिबार सिन्धुलीमाडी तनावग्रस्त बनेको थियो ।
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथि प्रहरीद्वारा कुटपिट
- प्रकाशित मिति: आइतबार, असार २२ २०७६
- तामाकोशी