रामेछापको दुरागाउँमा बोलेरो दुर्घटना :चालकको मृत्यु, वडाध्यक्ष गम्भीर

  • प्रकाशित मिति: शनिबार, असार १४ २०७६
  • तामाकोशी

रामेछाप । असार १४ गते,
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर एक दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा बोलेरो चालकको मृत्यु भएको छ । दुर्घटनामा परी वडा अध्यक्ष गम्भीर घाइते भएका छन । शनिबार बिहान ७:३० बजे दुरागाउँबाट खापिङतर्फ जादै गरेको ना ४ च ६२०५ नं को बोलेरो जीप दुरागाउँको तेर्से भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । उनले दुर्घटनामा परी बोलेरो चालक दुरागाउँ निवासी बर्ष ३० का क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको र सोहि वडाका वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते भएको बताए । प्रवक्ता अदालतका अनुसार बोलेरो अनिन्त्रित भै घुम्तिनिर दुर्घटना हुन लागेको संकेत पाएपछि वडाध्यक्ष र चालक दायाँबाँया साइडमा हाम फालेका थिए । बोलेरो चालक झरेको साइडमै खसेपछि उनलाई किचेको उनको भनाई छ । दुर्घटनामा परी गम्भीर घाइते भएका वडाध्यक्ष तामाङलाई उपचारका लागि मन्थली ल्याइदै छ । सडकबाट करिव १५ मिटर तल झेरेर दुर्घटना भएको बोलेरो चालक तामाङको निजी रहेको बताइएको छ ।