काठमाडौं-युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा रमेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गरेको छ । आरोपी कर्कीले आफ्नो कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले सिरिन्जले नभई किलाले चार युवतीलाई घोचेको भनी बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पत्रकार सम्मेलनमा आफू सिरिन्ज आक्रमणमा परेको भन्ने युवती पनि उपस्थित थिए । उनीहरु आक्रोशित देखिएका थिए । सिरिन्ज आक्रमणमा परेको भन्ने धेरै उजुरी आएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । कतिपय भने गाडीमा बस्दा चसस्क घोचेको र हल्लापछि आफूलाई पनि कसैले सिरिन्ज आक्रमण गरेको त होइन रु भन्ने शंकाकै आधारमा आएको प्रहरीको भनाइ छ ।
हेर्नुहोस भिडियो ;