गाडीको ठक्करबाट माझीको मृत्यु

  • प्रकाशित मिति: बुधबार, असार ११ २०७६
  • तामाकोशी

काभ्रे । मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेसिमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो नम्बर नखुलेको महिन्द्रा कम्पनीको गाडीले बा२१प ४२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पचरघाट घर भएका सचिन माझीको घटनास्थलमै ज्यान गएको हो ।

हेलमेट नलगाई बाइक चलाइरहेका माझीलाई नगरपालिका कार्यालय अगाडि नै ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतक माझी स्थानीय ग्रिल पसलमा काम गर्दै आएका थिए ।