रामेछाप । असार १० गते,
रामेछापको सदरमुकाम मन्थलीममा अज्ञात समुहले ग्यास सिलिन्डर बोष्पोट गराएपछि मन्थलीबासी त्रसित बनेका छन् । मन्थलीको बसपार्क माथि पाखामा सोमबार राति २ बजेतिर आगोलगाएर ग्यास सिलिन्डर विष्पोट गराएपछि बसपार्क लगाएत मन्थली बजारबासी त्रसित बनेका हुन् ।
मंगलबार प्रतिवन्धीत विप्लव समुहको नेपाल बन्दको हल्लासंगै आधा रातमा सिलिन्डर विष्पोट भएपछि बसपार्क लगाएत मन्थली बजारका व्यवसायीहरुले बिहान खोलेका पसलहरु पनि धेरै बन्द गर्न थालेका छन् । सोमबार राती मन्थलीको बसपार्क माथी पाखामा अज्ञात समुहले ग्यास सिलिन्डरमा तार बाँधेर आगो लगाएर विष्पोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।
उनले विष्पोट गराएको कुनै बम नभै ग्यास सिलिन्डर मात्रै भएको प्रवक्ता अदालतको भनाई छ । बिष्पोटबाट कुनै मानविय क्षेती भने नभएको उनको भनाई छ । उनले विप्लव समुहको बन्दको हल्लालाई मध्य नजर गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार साझ ६ बजेदेखीनै जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको बताए । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अदालतले सोमबारको मध्यराती १२ बजेदेखी सेलेघाट देखी खिम्तीसम्म स्कटिङ गरेर मालबहाक तथा सवारी साधनहरुलाई आवागनम गराइएको बताए । यसरी बिहान ८ बजेसम्म मालबहाक तथा सवारी साधन गरी एक सयभन्दा बढीको स्कटीङ गरी आवागनम गराइएको उनको भनाई छ । उनले स्कटीङका लागि तीनवटा गाडी र दुइवटा मोटरसाइकललाई आवश्यक जनशक्ति सहित परिचालन गरिएको बताए । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी जिल्लाको मुख्य नाकाहरुको सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रतिवन्धीत विप्लव समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्थाहरु पनि बन्द छन् । बजार भने आंशिक रुपमा खुलेको छ ।
मन्थलीमा अज्ञात समुहद्धारा ग्यास सिलिन्डर बिष्पोट , मन्थलीबासी त्रसित
- प्रकाशित मिति: मंगलबार, असार १० २०७६
- तामाकोशी