रामेछाप । असार १० गते,
काठमाडौँको समता अस्पतालमा भएको बिमला तामाङको हत्याको बारेमा निष्पक्ष छानबिन गर्न रामेछापको दोरम्बा गाउँपालिकाले माग गरेको छ ।
दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले एक विज्ञप्ती जारी गर्दै समता अस्पतालको बन्द कोठाभित्र रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बा बर्खुवा घर भएकी तामाङको रहस्यमय हत्या भएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएकी हुन् । गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा कानुनी राज्यमा यस किसिमका घटनाले मानव अधिकार लैगिक हिंसा न्युनिकरणका विषयमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा सरकारले गरेको प्रतिबद्धता केबल कागजी रुपमा मात्र सीमित भएको आभाष दिएको छ भनिएको छ। उपाध्यक्ष घिसिङले घटना रहस्यमय देखिएकाले राज्यका सबै निकायहरु गम्भीर भई यथाशिघ्र छानबिन गरी सत्यतथ्य पक्ता लगाई दोषी उपर कानुन बमोजिम कडा कारवाही गर्न र मृतकको परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
बिमला तामाङको हत्याको निष्पक्ष छानबिन गर्न दोरम्बा गाउँपालिकाको माग
- प्रकाशित मिति: मंगलबार, असार १० २०७६
- तामाकोशी