विप्लव इन्चार्ज पौडेलको गोलि हानि हत्या ! को हुन् ? पौडेल

  • प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
  • तामाकोशी

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै नवलपुरतर्फ आउँदै गरेको पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीको विशेष टोलीलाई लक्षित गर्दै गोली चलाएपछि दोहोर भिडन्त भएको प्रहरीले जनाएको छ ।



जवाफमा प्रहरीले पनि गोली चलाउँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश नं २ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरीले गोली चलाउन थालेपछि पौडेलको साथमा रहेको अन्य तीन जना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जङ्गलको बाटो भएर भागेको प्रहरीले जनाएको छ । “पौडेल मारिएका छन्, घटनाको विस्तृत जानकारी आउन अझै बाँकी छ”, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।

सर्लाही वागमती नगरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए। एकीकृत नेकपा पार्टी फुटाएर मोहन वैद्यले पार्टी गठन गरेपछि पौडेल त्यसमा लागेको थिए ।

लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल त्यसमा सामेल भएका थिए । केही दिनदेखि पौडेल सर्लाहीमा चन्दा आतङ्क मचाएको स्थानीय तहका प्रमुखले आरोप लगाएका छन् ।

यो पनि,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपाका रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकास रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।