पत्रकार खसोग्गी हत्यामा साउदी राजकुमार संलग्न रहेको भेटियो बलियो प्रमाण

  • प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
  • तामाकोशी

पत्रकार जमल खसोग्गीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले उनीमाथि अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले हालै जारी गरेको रिपोर्टमा यस्तो उल्लेख छ । खसोग्गी हत्याबारे गरिएको खोजीमा राजकुमार सलमानको संलग्नता रहेको विश्वसनीय प्रमाण भेटिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा खसोग्गीको हत्या हुनुअघिको अडियो रेकर्ड समेत उल्लेख गरिएको छ । जहाँ महेर अब्दुलाजीज मुत्रेब र बीन सलमानबीचको गोप्य कुराकानी पनि रिपोर्टमा सार्वजनिक गरिएको छ ।



हत्यापछि खसोग्गीको शरीरलाई कसरी केभित्र राख्ने भन्ने जस्ता विषयमा सलमान बीनसँग गरिएका छलफलका अडियो समेत रिपोर्टले सार्वजनिक गरेको हो । यसबाहेक साउदी हरेबियाले टर्कीसँग कुटनीतिक मर्यादा मिचेकोमा माफी माग्नुपर्ने समेत युएन रिपोर्टमा उल्लेख छ । यो समाचार अन्नपूर्ण पोस्टमा लेखिएको छ ।