चोरी धन्दाले पुर्यायो प्रहरी खोरमा ! श्रीमानको उपचारका लागि साढे तीन लाख जुटाउन चोरी

  • प्रकाशित मिति: आइतबार, असार १ २०७६
  • तामाकोशी

काठमाडौं । श्रीमान दुई सातादेखि अस्पतालको बेडमा । सवारी दुर्घटनामा परेर उनको दुवै खुट्टा काट्नु परेको थियो । अस्पतालले साढे तीन लाख रुपैयाँ जम्मा गर्न भनेको थियो । आफुसँग एक पैसा पनि नभएपछि सुनसरीको इटहरी घर भएकी असमी खातुनले नयाँ आईडिया सोचिन् । त्यसको सुरुवात त्यतिबेलैबाट गरिन् । उनको आइडियो थियो पकेटारी गर्नु ।

टिचिङ अस्पताल नजिकै एक महिला उभिएकी थिईन् । ति महिलासँग पैसा भएको असमीले चाल पाईन् । त्यसपछि नजिकै भएर ति महिलाको ब्यागबाट पैसा झिकिन् । पैसा गन्दा १० हजार थियो । त्यसपछि पनि उनले त्यही बाटो अंगाल्दै अगाडि बढिन् । तर अन्तिम पटकको प्रयासमा भने उनी प्रहरी हिरासतमा परिन् ।



अरु सबैले घोसे मुन्टो लगाए उभिएपनि उनी भने निर्धक शिर ठाडो पारेर चोरी गरेको स्वीकार गरिरहेकी थिईन् । उनले चोरी गर्नुको कारण यसरी बताईन्, ‘श्रीमान दुई सातादेखि अस्पतालमा हुनुहुन्थ्यो। साढे तीन लाख रुपैयाँ चाहिएकाले उहाँको ज्यान जोगाउन चोरी गरेको हुँ ।’

उनीसँगै बच्चा पनि साथमै थियो । जसले गर्दा पनि प्रहरी उनको समस्याप्रति अलि सजग थियो । तर प्रहरी भने चोरीमा संलग्न हुनेहरु यस्तै प्रकारका विभिन्न बहाना बनाउने गरेकोमा बढी ढुक्क थियो । उनको समस्या सुन्नुभन्दा कानूनी कारवाहीको प्रक्रियामा अघि बढेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको भनाई छ ।

प्रहरीबाट बच्न धेरैले यस्तो बहाना गर्ने गरेको उनको भनाई छ । बच्चा हुँदा छुट होला भन्ने नाटक पनि गर्ने गरेको डीएसपी बोगटीको भनाई छ । उनीसँगै ४ महिला र ७८ पुरुष पक्राउ परेका छन् । प्रहरीले एक महिनाको अवधीमा सार्वजनिक यातायातमा चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनायता स्वीप अप्रेशन चलाउँदै पकेटमार पक्राउ गरेको हो । उनीहरुले चोरीको क्रममा विभिन्न कोड भाषाको प्रयोग गर्दै आएका थिए ।केन्द्र विन्दुबाट साभार
उपत्यकाबाट ८२ पाकेटमार पक्राउ, यस्तो छ उनीहरुको कोड भाषा

काठमाडौं । प्रहरीले उपत्यकाबाट ८२ पटेकमार पक्राउ गरेको छ । उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्ने गिरोहका ८२ सदस्यलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४ जना महिला छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनायता चलाएको स्वीप अपरेशनबाट उनीहरुलाई पक्राउ गरिएको हो । लालध्वाज जिम्वा यस अघि नौ पटकसम्म पक्राउ परेका अभियुक्त हुन् । पक्राउ मध्ये सौगाम मल्लले भने आफू प्रहरी निरीक्षक र प्रहरी हवल्दार भनेर पटेक मार्दै आएका थिए ।

उनीहरुले पाकेट मार्न कोड भाषा प्रयोग गर्दै आएका थिए । जस अनुसार उनीहरु पैसालाई द, मोवाईललाई कान, पाकेटमारी पीडित भएकालाई रामे, पाकेट मार्ने गिरोहका प्रमुखलाई काशी भन्ने गर्थे । त्यस्तै उनीहरु पैसा धेर छ भने टानको त पैसा थोरै छ जुटको द भन्ने गर्थे ।

गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री पुलिस आयो ठल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले भन्ने गर्थे । गाडीबाट झरेर भाग्न टप्की, गाडीबाट अघि सर्न अकल जा, गाडीबाट भित्र पछाडि सर भन्नलाई चिछल जा भन्ने गरेको प्रहरीले जनाएको छ ।