जबर्जस्ती करणी पछी फरार यिनै हुन् महेश दमाई – यसरि परे प्रहरी फन्दा

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

३२ जेठ, दार्चुला । दार्चुलामा जबर्जस्ती करणीका आरोपी युवक तीन महिनापछि पक्राउ परेका छन् । गत फागुन २८ गते १७ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरी फरार महाकाली नगरपालिका २ का २० वर्षका महेश दमाई बिहीबार पक्राउ परेका दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए ।

गत फागुन २८ गते बेलुकी साढे सात बजेतिर महेशले १७ वर्षकी युवतीलाई मैखोलीस्थित खाली पसलमा लगेर जबरजस्ती करणी गरेका प्रहरीमा उजुरी परेको थियो । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



बिहीबार दल्लेख प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको बोहराले जानकारी दिए ।