फेरी गयो भूकम्प ! बैशाख १२ गतेको महाभूकम्पको पराकम्प हो बताईएको छ

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१ २०७६
  • तामाकोशी

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि जेठ १६ गते मुगु केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरको परकम्प गएको थियो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।