कुन पापी आमाले फालिन फोहोरको थुप्रोमा शिशुलाई ! फोहोर फाल्ने ठाउँमा भेटियो शिशुको शव

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ३० २०७६
  • तामाकोशी

३० जेठ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा शिशुको शव भेटिएको छ । गएराति सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा अज्ञात शिशुको शव भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बच्चालाई जन्म दिएर फ्याँकिएको हुनसक्ने आशंका गरे । उनले अनलाइनखबरसँग भने, ‘बच्चा ९ महिनाको भएको अनुमान गरिएको छ । कसले फ्यालेको हो भन्ने खुलेको छैन ।’



बोगटीका अनुसार शव फ्याक्नेको खोजीमा काठमाडौं प्रहरी परिसर, टुेकुसहित महानगरीय प्रहरी वृत्त, लैनचौरको टोली खटिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।