फेरी टिपरकाण्ड ! पत्रकार गेलाङको मृत्यु

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २९ २०७६
  • तामाकोशी

२९ जेठ, काठमाडौं । टपरको ठक्करबाट सुर्खेतमा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगङ्गा नगरपालिका(८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लेकवेशी नगरपालिका– ७ कल्याण निवासी गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशकरसम्पादक थिए । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।