रामेछाप । जेठ २८ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरीमा मिनिट्रकको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका छन । मंगलबार विहान मन्थली रामेछाप सडकको भंगेरीमा मन्थलीबाट रामेछाप बजारतर्फ जादै गरेको ६१—०—६०० नम्बरको नेपाल सि.आर.एस कम्पनीको मोटरसाईकललाई र रामेछाप बजारबाट मन्थली आउँदै गरेको बा ५ ख ३५१६ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।
मिनिट्रकको ठक्करबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का वर्ष २९ का भुवन थापा घाईते भएका छन । सि.आर.एस कम्पनी रामेछापका कार्यक्रम संयोजक समेत रहेका घाईते थापाको खुट्टामा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल रामेछापमा सामान्य उपचार गरी थप उपचारको लागी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यलय रामेछापका ईन्सपेक्टर रवि भुषण यादवले जानकारी दिए । मोटरसाईकललाई ठक्कर दिने मिनिट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछापमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईल चालक घाईते
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २८ २०७६
- तामाकोशी