बानेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ ! को हुन् ति अराजक व्यक्ति

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २७ २०७६
  • तामाकोशी

२७ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोलुखुम्बुका साङ्गेल शेर्पा रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् । ‘अनुसन्धान गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने ।

काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए । उनले अवैध नियन्त्रण पनि प्राथमिकतामा रहेको जनाएका थिए ।