एका बिहानै आयो यस्तो खबर ! कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, जनजीवन प्रभावित ,एकको मृत्यु, ४० घाइते

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २४ २०७६
  • तामाकोशी

धनगढी । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।



हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् । यो समाचार अनलाईन खबरले लेखेको छ ।