सुदूरपश्चिममा फेरी रुवाबासी ! भिषण हावाहुरी, एकको मृत्यु, ४० घाइते

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २३ २०७६
  • तामाकोशी

धनगढी । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यो समाचार अनलाईन खबरमा लेखिएको छ ।