सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ २३ गते विहिबार नेपाल सम्बत ११३९ तछलाथ्व तदनुसार सन् २०१९ जुन ६ तारिक शुक्लपक्ष तृतीया तिथि विहान ११ वजेर ३९ मिनेट सम्म उप्रान्त चतुर्थी तिथि,पुनर्वसु नक्षत्र राती १० वजेर ३८ मिनेटसम्म उप्रान्त तिष्य नक्षत्र,वृद्धियोग,गरकरण, आनन्दादियोग सिद्धि,सूर्य वृष राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ५७ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर ३० वजेसम्म रहनेछ । सामान्य गुली–विहान ८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १ वजेर ४६ मिनेटबाट ३ वजेर २९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ५ वजेर १० मिनेटबाट ६ वजेर ५३ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ९ वजेर ४५ मिनेटबाट १० वजेर ४० मिनेटसम्म र अपरान्ह ३ वजेर १५ मिनेटबाट ४ वजेर ११ मिनेटसम्म रहनेछ ।
शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५३ मिनेटसम्म शुभ वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म रोग वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म उद्वेग वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर ३ मिनेटसम्म चर वेला,१२ वजेर ३ मिनेटबाट १ वजेर ४६ मिनेटसम्म लाभ वेला,१ वजेर ४६ मिनेटबाट ३ वजेर २९ मिनेटसम्म अमृत वेला,३ वजेर २९ मिनेटबाट ५ वजेर १२ मिनेटसम्म काल वेला र ५ वजेर १२ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेर १२ मिनेटसम्म अमृत वेला,८ वजेर १२ मिनेटबाट ९ वजेर २९ मिनेटसम्म चर वेला,९ वजेर २९ मिनेटबाट १० वजेर ४५ मिनेटसम्म रोग वेला,१० वजेर ४५ मिनेटबाट १२ वजेर २ मिनेटसम्म काल वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १८ मिनेटसम्म लाभ वेला,१ वजेर १८ मिनेटबाट २ वजेर ३५ मिनेटसम्म उद्वेग वेला,२ वजेर ३५ मिनेटबाट ३ वजेर ५१ मिनेटसम्म शुभ र ३ वजेर ५१ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ
मेषः– लगनशिल भई काम गर्नु होला । अपरान्ह पूर्वको समय अनुकुल देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् भने साँझपख समय प्रतिकुल बन्नेछ । बन्न लागेका काममा अवरोध आउन सक्छ । अनावस्यक विषयलाई लिएर चिन्ता बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । लगानीमा जोड नदिनु होला ।
वृषः– पूर्वान्ह समय ठीकै ठीकै देखिन्छ । कामले त्यति गति लिने छैन । अपरान्ह देखि समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहा बढ्नेछ । पुराना काम क्रमश फस्र्योट हुदै जनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । ठेक्का पट्टामा हात हाल्दा विचार पु¥याउनु होला । पढाईमा सामान्य सुधार आउनेछ ।
मिथुनः– पूर्वान्हमा काम गर्दा जति सहज हुनेछ त्यति मध्यान्ह पछि हुने छैन तर प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । आफन्त नै भए पनि वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।
कर्कटः– पूर्वान्ह समय त्यति अनुकुल देखिन्न । लगानीका काममा जोड नदिनु होला । अरुको भर विश्वासमा मात्रै पनि काम नगर्नु होला । अपरान्हबाट समयमा विस्तारै सुधार आउनेछ । काममा देखिएका समस्या कम हुदै जानेछन् । काम प्रतिको चासो बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।
सिंहः– समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । मध्यान्ह पूर्व गरेका गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भने अपरान्ह पछिको समय अत्यन्त प्रतिकुल देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नुहोला । आर्थिक कारोवारमा सावधान रहनुहोला । व्यापार अरोलो लाग्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।
कन्याः–मनले चिताएका केहि काम बन्ने छन् । गरेका ७५ प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउबाट सहयोग मिल्नेछ । वोलीको भरमा धेरै काम हुनेछन् । संचित धन बढ्नेछ । धन दिने काम भने नगर्नु होला ।
तुलाः– मध्यान्ह सम्म समय कमजोर देखिन्छ । कामले गति लिने छैन । के गर्ने के नगर्ने भन्ने अन्योलतामा नै समय जानेछ । भने अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । अवरुद्ध कामले विस्तारै गति लिनेछ । लगनशिलता र कार्य क्षमता बढ्नेछ । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन आवस्यक देखिन्छ ।
वृश्चिकः– समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । अपरान्हबाट भने समयमा सामानय सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ तर कामले भने खासै गति लिने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।
धनुः– कुनै काम गर्नु छ भने समयमा गर्नु होला । पूर्वान्हमा गरेका धेरै जसो काम सफल हुने देखिन्छ । अपरान्ह देखि भने समयले कम साथ दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अशुभ समाचार सुन्नु पर्नेछ । काममा ढिला सुस्ति हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।
मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । आफन्तबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । अपरानह देखि समय थोरै अनुकुल हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ ।
कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । साना साना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्ने सहज बातावरण बन्ने छैन । शैक्षिक मार्ग थोरै खुल्नेछ ।
मिनः– आशा,भरोसा र संग्रह मिथ्या सवित हुने देखिन्छ । उचित समयामा सहि निर्णय लिन नसक्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । सतर्क रहनुहोला आफ्नो काममा अरुले अधिकार जमाउन सक्छन् । घरयासी समस्याले सताउनेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । शैक्षिक मार्ग कमजोर देखिन्छ ।