रामेछापको सुनापती गाउँपालिकाको भदौरे पुर्ण सरसफाईगाउँ घोषणा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २२ २०७६
  • तामाकोशी

रामेछाप । जेठ २२ गते,
रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर एकको भदौरे गाउँ पुर्ण सरसफाईगाउँ घोषणा भएको छ । उक्त गाउँले पुुर्ण सरसफाईका लागि आवश्यक ६ वटा सूचकहरु पुरा गर्न सफल भएकोले विश्व वातावरण दिसको अवसर पारी बुधबार पुर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको हो । पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सवल कार्यक्रमको सहयोग वडा स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी भदौरे गाउँलाई पुर्ण सरसफाई गाउँ घोषणा गरिएको हो ।
पुर्ण सरसफाईगाउँ बन्नका लागि आवश्यक सूचकहरु व्यक्तिगत सरसफाई , घरायसी सरसफाई , स्वच्छ खानेपानी र स्वच्छ खानेकुरा ,वाताबरणीय सरसफाई , चर्पिको समूचित प्रयोग भएको पाइएकाले सुनापती गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष चण्डेश्वर चौलागाई र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाले भदौरेलाई पुर्ण सरसफाई गाउँ घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत निरौलाले गाउँपालिकालाईनै पुर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्नका लागि सरसफाई सम्बन्धी आवश्यक काम गर्न गाउँपालिका सधै तयार रहेको बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कडेलले गाउँपालिकालाईनै पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउँन सवै लाग्न आवश्यक रहेको बताए ।