काठमाडौं, २० जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्डमा सवारीको गति निर्धारण गरेको छ । अत्यधिक गतिका कारण गतिका कारण दुर्घटना बढेपछि महाशाखाले मुख्य लेन र सर्भिस लेनमा गुड्ने सवारी साधनका लागि अधिकतम गति तोकेको हो ।
अब मुख्य लेनमा अधिकतम ५० र सर्भिस लेनमा अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाइनेछ । प्रविधिमार्फत यसको नियमन हुने र नियमको उल्लंघन गरेको पाइए कारबाही हुने महाशाखाले जनाएको छ ।
तिव्र गतिकै कारण आइतबार सानेपा खण्डमा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो । दुई वटा गाडि आपसमा जुधेपछि अनियन्त्रित बनेका ती सवारीमा मोटरसाइकल ठोक्किँदा दुवै जनाको ज्यान गएको थियो ।