काठमाडौं । प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य कमल चौलागाई र विशेष अतिथि नेपालका लागि उत्तर कोरिया राजदुत झो योङ्ग वाङले लेखक जमुना खत्रीद्वारा लिखित पुस्तक ‘बदलिएको मोड’ हिजो मंगलबार विमोचन भएको छ । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईले भने, जमुना खत्रीले भोग्नु परेको संघर्ष र दुखसुखका कथामा आधारित छ । दुई छोराहरुमध्ये दुवै छोरालाई गुमाउनु पर्दाका हृदय विदारक घडिहरु सो पुस्तकमा उतारिएको छ ।

जीवनमा उतार चाडाब आउदा पनि जमुनाले दुई छोरा र जीवनका हरेक पाइलाहरुमा सहयोग गर्ने जीवन साथी पनि गुमाउनु भयो । त्यो दुखद क्षणमा, त्यो शोकको घडिमा केहि राहत मिलोस् भनेर उत्तर कोरिया भ्रमणको चाँजोपाजो मिलाएँ । त्यो समय अमेरिका र कोरिया शीत युद्ध चलिरहेको थियो । मैले त सान्तोना मिलोस् भनेर गरेको थिए तर जमुनाले त पुस्तक नै जन्माउनुभयो । मलाई उहाँप्रति गौरव लागेको छ ।

पूर्वमन्त्री चौलागाईले जमुनाले कम्युनिष्ट पार्टी निर्माण र सर्वहारा वर्गको मुक्ति आन्दोनमा पुर्याएको अतुलनीय योगदानको पनि मुक्त कण्ठले प्रशंशा नर्गुभयो । जमुनाको क्रान्तिकारी जीवन सबैका लागि प्रेरणाको स्रोत भएको बताए । जमुनाले जीवनमा इमानदारिमा कतै नचुकी निस्वार्थ भावले कर्म गरेको उनलको भनाई थियो ।

त्यसैगरी विशेष अतिथि नेपालका लागि उत्तर कारियाका राजदूतले जमुनाको पुस्तक र संघर्षपुर्ण जीवनको प्रशंसा गर्दै नेपालमा समाजवादी व्यवस्था स्थापना गर्न प्रगतिशील लेखकहरुको ठूलो भूमिका रहेको बताए । साथै उनले नेपालमा समाजवाद ल्याउन जमुनाजस्ता लेखकहरुले अझै भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमा प्रगतिशील साहित्यकार तथा प्रध्यापक सुलोचना मानन्धर, प्रगतिशील लेखकसंघका अध्यक्ष डा. जिबेन्द्रदेव गिरीलगायतका विशिष्ट व्यतित्वहरुको उपस्थिति थियो ।