कल्पना ढुंगाना र भरतराज धमलाको उत्कृष्ट अभिनयमा”एक बचन बोल प”गीतको चर्चा झन् बढ्दो

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । विशेष फिल्मसको प्रस्तुति भरत धमलाको मौलिक लोक डेउडा गित”एक बचन बोल प”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भरतराज धमलाको लय तथा भरत राज धमला र ललित बहादुर बिष्टको उत्कृष्ट शब्द सृजना रहेको उक्त गितमा गंगाराम खनाल र गौरी भट्टले सुमधुर स्वर दिनु भएको छ । भिम बिष्टले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई प्रकाश बिकले क्यामरामा कैद गरेका छ ।



अमित बिकले सम्पादन गरेको म्युजिक भिडियोमा कल्पना ढुंगाना र भरतराज धमलाको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :