सुमन कुमार श्रेष्ठको नेत्रित्वमा रामेछाप अण्डा उत्पादक संघ गठन

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १२ २०७५
  • तामाकोशी

रामेछाप, १२ गते । लेख बहादुर विक

रामेछापमा रामेछाप अण्डा उत्पादक संघ गठन भएको छ । शनिबार मन्थलीमा भएको कुखुराको अण्डा उत्पादक कृषकहरुको भेलाले सुमन कुमार श्रेष्ठको अध्यक्षता १९ सदस्य रामेछाप अण्डा उत्पादक संघ गठन गरेको हो ।



उपाअध्यक्ष, सचिब , सह− सचिब र कोषअध्यक्षमा क्रमश मनोज खड्का, सुनिल कुमार राय, प्रकाश बिक र निर्मला कार्की रहेका छन् । संघ गठन पछि रामेछाप अण्डा उत्पादक संघले रामेछाप जिल्लामा उत्पादित अण्डाको काटुनमा रामेछाप अण्डा उत्पादक संघको लोगो राख्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलय रामेछाप र जिल्लाका सबै स्थानिय तहमा रामेछापमा उत्पादित अण्डाको बजार ब्यबस्थापनको ग्यारेन्टि तथा अण्डा उत्पादक कृषकलाई अनुदान , सहुलियतपूर्ण कर्जाको लागि माग सहितको ज्ञापन पत्र बुझाउने निर्णय भएको नवगठित संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो ।