संगीत संयोजक दिपक संगम बिसी र ईश्वरी थापाको दमदार अभिनयमा “पिपलको सेल होइजाउ“ डेउडा गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै यति धेरै चर्चा ,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति चर्चित डेउडा गायक प्रकाश थापाको “पिपलको सेल होइजाउ“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मौलिक डेउडा सृजनामा पछिल्लो समय तथा बिगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक प्रकाश थापा र चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेका गायक थापा यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।



संगितकार तथा गितकार राजेन्द्र शाहको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन सुदुरपश्चिममा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल चर्चित निर्देशक भिम थापाले गर्नुभएको छ । उक्त्त गितको छायांकन हरिश महराले गरेका हुन भने सम्पादन प्रबिन रश्मि मगरले गरेका छन ।

पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल गायककार संगीत संयोजक दिपक संगम बिसी र इश्वरी थापाको दमदार अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :