काठमाण्डौ। नेपालि गीतसंगीतको दुनियामा एक पछी म्युजिक भिडियो सार्वजनिक हुने क्रममा स्काई मुन मिडिया प्रा.लिको प्रस्तुति संचारकर्मी बासुदेव पोखरेलको उत्कृष्ट शब्द सृजना भित्र भुवन राना मगरको वियोगान्त लोकदोहोरी गित फेरी पागल “दशा”गीतको भिडियो सार्वजनिक भएको छ । किशोर खत्रीको सगीत सृजना रहेको उक्त गीतमा युवा पुस्ताका चर्चित गायक मेक्सम खाती र चर्चित लोकदोहोरी गायिका देवी घर्ति मगरको सुमधुर आवाज रहेको छ ।
सृजन बरालको निर्देशनमा रहेको उक्त्त म्युजिक भिडियोलाई रमेश दर्लामी मगरले छायांकन गरेका छन् भने प्रदिप दाहालले म्युजिक भिडियो सम्पादन गरेका हुन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा मोडल किशोर खत्री र बुनु लामाको दमदार अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गित जस्तै चर्हाको शिखरमा चुम्न सफल हुनेछ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना दिन चाहन्छौ।
हेर्नुहोस भिडियो :