१. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
२. चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ।
३. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन ।
४. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो ।
५. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती,शनि,अरुण,बरुण हुन् ।
६. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ ।
७. प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन् ।
८. हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ ।
९. सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो ।
१०. कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो ।
११. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ ।
१२. प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ ।
१३. सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो ।
१४. डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो ।
१५. पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो ।
१६. पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ ।
१७. पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन् ।
१८. अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो ।
१९. हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ ।
२०. चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ ।
२१. ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ ।
२२. सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ ।
२३. Early Bird भूउपग्रह संग सम्बन्धीत छ ।
२४. सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो ।
२५. पृथ्वी गोलो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन ।
२६. मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ ।
लोक सेवा विशेषः सौर्यमण्डल सम्वन्धी जानकारी
- प्रकाशित मिति: शुक्रबार, पुष २७ २०७५
- तामाकोशी