प्रधानमन्त्री जान्न चाहान्छन ;नेपालीहरु सबै ज्ञानि छन् , आविस्कारि छन्, तर देखाउन किन सकिरहेको छैनन्…..

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास विफल भएको स्वीकारेका छन्। तर, अर्को वर्ष सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने दृढता पनि ओलीले व्यक्त गरेका छन्।त्रिभूवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो स्कूलभन्दा बाहिर रहेका अधिकतम बालबालिकालाई विद्यालयको पहुँचमा ल्याएको बताएका छन्। ‘तर, लक्ष्य पूरा भएन, आगामी वर्ष जसरी पनि स्कूलको पहुँचमा ल्याउने हो,’ ओलीले भने।प्रधानमन्त्री ओलीले नेपालीहरुमा ज्ञानशीप भएपनि व्यवहारमा लागु गर्न नसकिएको बताएका छन्। ‘नेपालमा सबै ज्ञान छ, आविस्कार छ, तर खोतल्न सकेनौँ,’ ओलीले भने, ‘जो–जो दीक्षित हुनुु भएको छ, आफुले सिकेको शीपलाई, ज्ञानलाई लागु गर्नुहोला।’त्रिभूवन विश्वविद्यालयबाट उत्तीर्ण भएका ७४ हजार २ सय ३४ विद्यार्थीमध्ये ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका छन्।