७ बर्षकी बालिकामाथि बलात्कार गरि हत्या गर्नेलाई फाँसीमा झुण्ड्याउन विशेष अदालतको आदेश आएपछि ….

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

७ बर्षीया आफ्नै छोरीको बलात्कार गरि हत्या गर्नेै बुबालाई फाँसीको सजाय सुनाइएको छ।दुव्र्यवहार गरि हत्या गर्ने बुबा अफजल खानलाई भारतको एक विशेष अदालतका न्यायाधीश कुमुदिनी पटेलले फाँसीको सजाय सुनाएका हुन्।

उनले सुनाएको फैसलामा भनिएको छ, ‘अफजललाई तब सम्म फाँसीमा झुण्याउनु,जब सम्म उनको मृत्यु हुनेछैन्।’न्यायधिसले सोधपुछ गर्ने बेला उनलाई सोधेका थिए,’आफ्नै छोरीमाथि यस्तो कुकृत्य गर्दा मनमा अलिकति दया जागेन’ ? अदालतमा आरोपी अफजलले ‘उ आफ्नी छोरी नरहेको भन्दै सबै गरेको जवाफ दिएका थिए।’



यो घटना २०१७ को मार्च १५ मा मध्यप्रदेशको लालघाटी स्थित बरेला गाउँमा भएको हो । बालिकाको शव घर नजिकै खोलामा फेला परेको थियो। आवश्यक अनुसन्धान पछि यस्तो फैसला सुनाइएको हो।

बालीकाको शव फेला परेपछि संकास्पद धेरै व्यक्तिको डिएनए टेस्ट गरिएको थियो। डिएनए टेस्ट मेलखाएपछि उनलाई पक्राउ गरि अनुसुन्धान गरिएको थियो।