सर्वाेच्च अदालतको आदेशमा गुन्डा नाइके दीपक मनाङे छुटे

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

काठमाडौं, पौष ६ गते । ज्यान मार्ने उद्योग मुद्दामा जेल परेका गुन्डा नाइके दीपक मनाङे भनिने राजिव गुरुङ छुटेका छन् । सर्वाेच्च अदालतको आदेशमा उनी छुटेका हुन् ।
जेल बाहिरै बसेर पुनरावेदन गर्न पाउने सर्वाेच्चको आदेशका आधारमा उनी छुटेका हुन् ।  डिल्लीबजार कारगारबाट उनी शुक्रबार छुटेका हुन् ।
चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय भएको थियो । उनी गत वर्ष मनाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।