कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौन आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ ;शारीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’ जवाफमा दीपाले भन्छिन्, ‘शारीरिक सम्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरैवटा पाटो छ । विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध हुने होइन । नारीले यौनको आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।
यौन चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शारीरिक आवश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे । दीपाले पनि भन्दै गइन्, ‘धेरै वटा साधनहरु उपलब्ध छन् । जसबाट नारीले त्यो खुसी प्राप्त गर्न सक्छे । त्यो खुसी मैले पाइरहेकी छु । म सन्तुष्ट छु । यौन कुण्ठा मेटाउने धेरै साधनहरु छन् ।’
यति भनेपछि धमलाले प्रश्न गर्छन्, तपाईले यौन कुण्ठा मेटाउनु भएको छ ?’ दीपाले भन्छिन्, ‘अँ’ ।
साथै दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् । आफ्नु सारा ध्यान क्यारियर बनाउनमै केन्द्रीत भएको हुदा बिवाहको बारे सोच्ने स्समय नै नरहेको बताएकी छिन । हुन त विवाह गरेर पन आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन। भन्दै पत्रकार ऋषि धमलाले निरौलासँग गरेको कुराकानीको दीपाश्रीले उक्त कुरा बताएकी हुन् । कुराकानीको सार यस्तो छ :-
पक्कै पनि पछिल्लो समयमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ। पहिले हलमा गएर नेपाली चलचित्र हेर्ने काम हुँदैन थियो । आजभोलि सबै चलचित्रहरुलाई हेरि दिनु भएको छ । यो नै हाम्रो सफलता हो । हलिउड र बलिउड नहेरेर नेपाली चलचित्र हेर्नेको संख्या बढेको छ। हिन्दि चलचित्रलाई रोक लगाउनु पर्छ भन्नेमा म छैन । दर्शकलाई तुलना गर्नको लागि छोडि दिनुपर्छ । राम्रो चलचित्र निमार्ण गर्ने हो भने दर्शकले नेपाली चलचित्र नै हेर्नेमा दुईमत छैन् ।
दिपकराज गिरी र दिपाश्री निरौलाको जोडि सदा रहिरहन्छ । दर्शकको माया रहेसम्म रहनेछ । हाम्रो क्रियशनलाई रुचाएसम्म रहनेछ। हामीले काम गरेको मन पराउनुभएको स्थितिमा अविरल बग्दछ । दीपकसँग त अहिले यति काम गरिरहेको छु । मन नपर्ने कुरा हुन्छ र ? दीपकलाई मैले मन नपराए कसले मन पराउछ र ? बाँचुञ्जेलसम्म उहाँसँगको सम्बन्ध टु्ट्दैन् ।