यी राशि हुनेको भाग्य अति खतरनाक-पढ्नुहोस राशिफल

  • प्रकाशित मिति: आइतबार, पुष १ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष २ गते सोमबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व तदनुसार सन् २०१८ डिसेम्बर १७ तारिक शुक्लपक्ष दशमी तिथि राती ४ वजेर २ मिनेटसम्म उप्रान्त एकादशी तिथि,रेवती नक्षत्र राती १ वजेर १९ मिनेटसम्म उप्रान्त अश्विनी नक्षत्र, वरियनयोग, तैतिलकरण, आनन्दादियोग मातङ्ग,सूर्य धनु राशीमा,चन्द्रमा राती १ वजेर १९ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा । पश्चिमको यात्रा शुभ रहनेछ ।



मुहूर्त
राहुकालः–अशुभ विहान ८ वजेर ७ मिनेटबाट ९ वजेर २५ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह १० वजेर ४२ मिनेटबाट ११ वजेर ५९ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर १७ मिनेटबाट २ वजेर ३५ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर २० मिनेटबाट अपरान्ह १ वजेर २ मिनेटसम्म र २ वजेर २५ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३९ मिनेटबाट मध्यान्ह १२ वजेर २० वजेसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदयबाट प्रातः ८ वजेर ६ मिनेटसम्म अमृत वेला,८ वजेर ६ मिनेटबाट ९ वजेर २४ मिनेटसम्म काल वेला,९ वजेर २४ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म शुभ वेला,१० वजेर ४१ मिनेटबाट ११ वजेर ५९ वजेसम्म रोग वेला,११ वजेर ५९ मिनेटबाट १ वजेर १६ मिनेटसम्म उद्वेग वेला,१ वजेर १६ मिनेटबाट २ वजेर ३४ मिनेटसम्म चर वेला,२ वजेर ३४ मिनेटबाट ३ वजेर ५१ मिनेटसम्म लाभ वेला र ३ वजेर ५१ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्तबाट ६ वजेर ५२ मिनेटसम्म चर वेला,६ वजेर ५२ मिनेटबाट ८ वजेर ३४ मिनेटसम्म रोग वेला,८ वजेर ३४ मिनेटबाट १० वजेर १७ मिनेटसम्म काल वेला,१० वजेर १७ मिनेटबाट ११ वजेर ५९ मिनेटसम्म लाभ वेला,११ वजेर ५९ मिनेटबाट १ वजेर ४२ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर २४ मिनेटसम्म शुभ वेला,३ वजेर २४ मिनेटबाट ५ वजेर ७ मिनेटसम्म अमृत र ५ वजेर ७ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

राशी
मेषः– समयमा उचित काम गर्न सकिने छैन । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परभाव,परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट
आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै पनि काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

मिथुनः– समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

सिंहः– काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

कन्याः– मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।

तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला ।

मकरः– समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ ।

कुम्भः– घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

मिनः– भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । समयको सदुपयोग गर्नु होला ढिला गर्दा उपलब्धि कम हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।