मनकामना माईले तपाई हामि सवैको रक्षा गरुन ,हेर्नुहोस आजको राशिफल के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: आइतबार, मंसिर २३ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर २४ गते सोमबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व तदनुसार सन् २०१८ डिसेम्बर १० तारिक शुक्लपक्ष तृतीया तिथि अपरान्ह ४ वजेर १६ मिनेटसम्म उप्रान्त चौथी तिथि,पूर्वषाढा नक्षत्र विहान १० वजेर ५ मिनेटसम्म उप्रान्त उत्तरषाढा नक्षत्र,वृद्धियोग, गर करण,आनन्दादियोग उत्पाद,सूर्य वृश्चिक राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ४० मिनेटसम्म धनु उप्रान्त मकर राशीमा ।



मुहूर्त
राहुकालः–अशुभ विहान ८ वजेर २ मिनेटबाट ९ वजेर २० मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह १० वजेर ३९ मिनेटबाट ११ वजेर ५६ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर १४ मिनेटबाट २ वजेर ३२ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर १७ मिनेटबाट १२ वजेर ५९ मिनेटसम्म र अपरान्ह २ वजेर २२ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३६ मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ८ वजेर २ मिनेटसम्म अमृत वेला,८ वजेर २ मिनेटबाट ९ वजेर २० मिनेटसम्म काल वेला,९ वजेर २० मिनेटबाट १० वजेर ३८ मिनेटसम्म शुभ वेला,१० वजेर ३८ मिनेटबाट ११ वजेर ५६ मिनेटसम्म रोग वेला, ११ वजेर ५६ मिनेटबाट १ वजेर १४ मिनेटसम्म उद्वेग वेला,१ वजेर १२ मिनेटबाट २ वजेर ३० मिनेटसम्म चर वेला,२ वजेर ३० मिनेटबाट ३ वजेर ४९ मिनेटसम्म लाभ वेला र ३ वजेर ४९ मिनेटबाट सूर्यास्त कालसम्म अमृत वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ५० मिनेटसम्म चर वेला,६ वजेर ५० मिनेटबाट ८ वजेर ३२ मिनेटसम्म रोग वेला,८ वजेर ३२ मिनेटबाट १० वजेर १४ मिनेटसम्म काल वेला,१० वजेर १४ मिनेटबाट ११ वजेर ५६ मिनेटसम्म लाभ वेला,११ वजेर ५६ मिनेटबाट १ वजेर ३८ मिनेटसम्म उद्वेग वेला,१ वजेर ३८ मिनेटबाट ३ वजेर २० मिनेटसम्म शुभ वेला,३ वजेर २० मिनेटबाट ५ वजेर २ मिनेटसम्म अमृत र ५ वजेर २ मिनेटबाट सूर्योदय कालसम्म चर वेला रहनेछ ।

राशी
मेषः– समयको गति सगै काममा सुधार आउनेछ । भाग्यले कम साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । बहिर्मुखबाट अन्तर्मुखतिर लागिनेछ । अवरोध गर्नेहरु विस्तारै अस्ताउने छन् । विशेष गरेर अपरान्ह देखि समयले दिनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । व्यापारमा उधारो कारोवार नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अपरान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुनः– पूर्वान्ह जति अपरान्ह अनुकुल हुने छैन । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

कर्कटः– थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । अपरान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।

सिंहः– पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । साँझपखको समय बढि तनाव पूर्ण हुनसक्छ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

कन्याः– समस्याको भुमरीबाट पार पाउने देखिन्न । सहज बातावरणमा काम गर्न पाईने छैन । भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगी हात कर्म फेला पर्ने छन् ।

तुलाः– आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । समयमा गरेका काममा पूर्ण सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । राती समान चोरी हुनसक्छ ।

वृश्चिकः– दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । विदेशको चाहाना बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।

धनुः– काम गर्नको लागि पूर्वान्ह जति सजिलो अपरान्ह हुने छैन । समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । साँझपख खर्च बढ्न सकछ । आफ्नै कुराले आफैलाई अप्ठ्यारो पर्न सक्छ । नजिकका मानिसबाट विश्वास घात हुने खतरा रहनेछ । व्यापारमा गिरावट आउनेछ ।

मकरः– अधिकाँश समय अनुकुल देखिदैन । कमाउने भन्दा गुमाउने बढि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आफन्तबाट झुट्टा आश्वासन मिल्नेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

कुम्भः–समयको सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । अपरान्ह देखि समय विस्तारै प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक चिन्ता बढ्नेछ । राती धन सम्पति चोरी हुनसक्छ । गलत विचार बढ्नेछ ।

मिनः–समग्रमा ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्न खोज्ने आफै तन्किने छन् । सहयोगी हात भेटिने छन् । भाग्यले साथ दिनेछ । एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।