शिक्षकले सामान्य गालीगलौज गरेको भन्दै भारतमा एक छात्राले आत्महत्या गरेपछि , आइपर्यो यस्तो आपत ….

  • प्रकाशित मिति: बिहिबार, मंसिर २० २०७५
  • तामाकोशी

काठमाडौ, २० मङ्सिर । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।