फेरी गयो यति ठुलो भूकम्प,ठूलो भौतिक क्षति,मानवीय क्षति भएको खबर अहिलेसम्म एकिन भने हुन् सकेको छैन

  • प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
  • तामाकोशी

अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन ।

भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । अहिलेसम्म ४० वटा पराकम्प आइसकेको छ । त्यसमा पनि १० वटा पराकम्प ४.० म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्प ५.० म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ ।



A stranded vehicle lies on a collapsed roadway near the airport after an earthquake in Anchorage, Alaska, U.S. November 30, 2018. REUTERS/Nathaniel Wilder
भूकम्पका कारण घरहरु केही भत्किएका छन् । राजमार्गहरु चिराचिरा परेका छन् । त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन् ।