सर्वसाधारणकै चर्को बिरोधपछि हट्यो जोर बिजोर प्रणाली, पढ्नुहोस्

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १४ २०७५
  • तामाकोशी

काठमाडौंमा बिहिबारदेखि लागु गरिएको जोर विजोर प्रणाली हटेको छ। सर्वसाधारणले चर्को बिरोध गरेपछि सरकारले जोर बिजोर प्रणाली हटाएको हो‘गृह मन्त्रालयको निर्देशनमा मङ्सिर १४ गते बिहान ११:३० बजेदेखि हटाइएको व्यहोरा अनुरोध गरिएको छ।’ महानगरीय ट्राफिक प्रहरीको सूचनामा उल्लेख छ।शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिटलाई लक्षित गरि जोर विजोर प्रणाली लागु गरिएको थियो।