पाँचथर – पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्। उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ। उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन्। नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन्।
बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन्। ‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ। हेर्नुहोस भिडियो