मनकामनामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : हेर्नुहोस राशिफल के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
  • तामाकोसी खबर

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर ९ गते रविबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २५ तारिक कृष्णपक्ष द्वितीया तिथि विहान ८ वजेर ५९ मिनेटसम्म उप्रान्त तृतीया तिथि,मृगशिरा नक्षत्र अपरान्ह ४ वजेर ३६ मिनेटसम्म उप्रान्त आद्र्रा नक्षत्र ,सिद्धियोग,गरकरण, आनन्दादियोग सौम्य,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मिथुन राशीमा ।



मुहूर्त
राहुकालः–अशुभ अपरान्ह ३ वजेर ४७ मिनेटबाट ५ वजेर ७ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह ११ वजेर ५१ मिनेटबाट अपरान्ह १ वजेर १० मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह २ वजेर २९ मिनेटबाट ३ वजेर ४८ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह ३ वजेर ४३ मिनेटबाट ४ वजेर २५ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २९ मिनेटबाट मध्यान्ह १२ वजेर १२ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ५२ मिनेटसम्म उद्वेग वेला,७ वजेर ५२ मिनेटबाट ९ वजेर ११ मिनेटसम्म चर वेला,९ वजेर ११ मिनेटबाट १० वजेर ३० मिनेटसम्म लाभ वेला,१० वजेर ३० मिनेटबाट ११ वजेर ४९ मिनेटसम्म अमृत वेला, ११ वजेर ४९ मिनेटबाट १ वजेर ९ मिनेटसम्म काल वेला,१ वजेर ९ मिनेटबाट २ वजेर २८ मिनेटसम्म शुभ वेला,२ वजेर २८ मिनेटबाट ३ वजेर ४७ मिनेटसम्म रोग वेला र ३ वजेर ४७ मिनेटबाट सूर्यास्त कालसम्म उद्वेग वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्त कालबाट ६ वजेर ४८ मिनेटसम्म शुभ वेला,६ वजेर ४८ मिनेटबाट ८ वजेर २९ मिनेटसम्म अमृत वेला,८ वजेर २९ मिनेटबाट १० वजेर १० मिनेटसम्म चर वेला,१० वजेर १० मिनेटबाट ११ वजेर ५१ मिनेटसम्म रोग वेला, ११ वजेर ५१ मिनेटबाट १ वजेर ३१ मिनेटसम्म काल वेला,१ वजेर ३१ मिनेटबाट ३ वजेर १२ मिनेटसम्म लाभ वेला,३ वजेर १२ मिनेटवाट ४ वजेर ५२ मिनेटसम्म उद्वेग र ४ वजेर ५२ मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ ।

राशी
मेषः– समयले साथ दिनेछ । आफ्नै बाहुबलमा समस्याको समाधान खोज्नु होला । उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ । काममा ढिला सुस्ति नगर्नु होला ।

वृषः– दिन मध्यम खालको देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । पैसा माग्ने वाहना धेरै हुनसक्छ चिनेर मात्र व्यवहार गर्नु होला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

मिथुनः– गतिरोधको अन्त्य हुनेछ । आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि राम्रै हात लाग्नेछ । आर्थिक कारोवारमा सचेत रहनु होला । सभा सम्मेलनमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कर्कटः–दिन प्रतिकुल देखिन्छ । उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचार बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनु होला । पारिवारिक समस्या बढ्ने छन् । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास घात हुनसक्छ ।

सिंहः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला । औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

कन्याः– आफ्नै पहलमा सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ र अवसरको खोजी पनि हुनेछन । गरेका कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

तुलाः–समयमा सामान्य सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा आँशिक सफलता मिल्नेछ । पारिवारिक समस्या पूर्ण समाधान हुने देखिन्न । दीक्षा यात्राको सम्भावना देखिन्छ । अरुको भर विश्वास परेर कुनै काममा हात नहाल्नु होला ।

वृश्चिकः– सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । लगानी गलत ठाँउमा पर्न सक्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । मानसिक तनाव बढाउने काम हुनेछन् । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापारबाट आम्दानी घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

धनुः–नक्कली कुरा लिएर आफ्नै मान्छे आउन सक्छन् होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकरः– सक्रिय भएर काम गर्नु होला,सफलता असफलता आफ्नै हातमा छ । साझेदार सँग विवाद बढ्न सक्छ । ज्ञान नभएका काममा हात नहाल्नु होला । अर्काको कुरा सुनेर अगाडि बढ्नु भयो भने क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । परिश्रमको अन्तिम फल राम्रै मिल्नेछ ।

कुम्भः– भ्रम मुक्त भएर काम गर्नु होला । अलमलमा पर्नु भयो भने अवसर फुत्किनेछ । यान्त्रिक काममा लगानी बढ्नेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । विना उपलब्धि काममा धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिक विषय बस्तुमा ध्यान केन्द्रित हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिनः– शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । उपलब्धिका काम ओझेलमा पर्नेछन् । शक्तिको दुरुपयोग हुनसक्छ । गुह्य कुरा कसैलाई नखोल्नु होला । आफुले गरेका कामले अरुलाई फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो – पंडित श्रीकण्ठ सुराचार्य ।