१०२ बर्षे आमाको मुटु छुने कहानी: भन्छन्-डेरामा बस्नेले घरै बेचेर खाइदिए, जर्बजस्ती ल्याप्चे गराए… {भिडियो सहित}

  • प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
  • तामाकोसी खबर

१०२ वर्षे हजुरआमा रामदेवी श्रेष्ठ एउटा यस्ती कथा हुन् । जसको सुरु र मध्य निकै रोमाञ्चक छ । तर, त्यसपछि कठिन्, झन् कठिन…। १०२ सय वर्ष पुगेको उपलक्षमा ‘बर्थ डे केक’ काटिदिने परिवारजन कोही पनि उनका समीपमा छैनन् ।

दिलशोभाले सञ्चालन गरेको आमाको घर (वृद्धाश्रम) को चौथो तलामा लठ्ठीको साहाराले रामदेवी बेलाबखत लो-बेडबाट बल्लतल्ल उठेर जब पट्यारलाग्दो गरी एक-एक पाइला सार्छिन्, लाग्छ, उसरी नै उनको सकसपूर्ण जिन्दगीको यात्रा अघि बढिरहेछ ।



अहिले रामदेवीको अवस्था देख्दा पत्याउन गाह्रो पर्छ कि कुनै दिन उनको सुन्दरतामा मोहित हुनेहरुको लर्को थियो, चार तले घर थियो, सुनका गहना मात्र होइन, चुरा र क्लीप पनि सुनकै लगाउँथिन् । र, राजा महेन्द्रले खबर गर्नासाथ दौडेर नारायणहिटी पुग्थिन् अनि बक्सिस थापेर र्फकन्थिन् । हेर्नुहोस् यो भिडियो..https://www.youtube.com/watch?v=8uhmj1qFglo