मोदीलाई आफ्नै देशबासीले दिए यस्तो चुनौंति ! प्रधानमन्त्रीलाई किन मार्न खोज्दैंछन भारतीय ?

  • प्रकाशित मिति: शनिबार, मंसिर १ २०७५
  • तामाकोसी खबर

नयाँ दिल्ली । संसारको सबैंभन्दा ठुलो प्रजातन्त्र भएको देश भारतमा फेरि तनाव सुरु भएको छ । सन २०१९ मा भारतमा लोकसभा निर्वाचन हुँदैंछ । प्रधानमन्त्रीको रुपमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धिलाई अगाडी सारेको छ भने उत्ता सत्तापक्षले फेरि पनि मोदीलाई नैं अगाडी सार्ने देखिएको छ ।

यो बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको आरोपमा त्यहाँका केही माओवादी नेताविरुद्ध मुद्दा दायर गरिएको छ । पुणे प्रहरीले बिहीबार स्थानीय एक अदालतमा ५ हजार पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो ।



गत जुन महिनामा गिरफ्तार गरिएका पाँच माओवादी नेतासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध प्रतिबन्धित संगठन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई आर्थिक सहयोग गरेको, यलगार परिषद आयोजना गरि हिंसा भड्काउने काम गरेकोलगायतका आरोप लगाइएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि हतियार जम्मा गरेर देशलाई गृहयुद्धको अवस्थामा लैजान खोजेको आरोपसमेत लगाइएको छ । रोना विल्सन, सुरेन्द्र गडलिंग, शोभा सेन, सुधीर धवल र महेश राउतलाई गत जुनमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरु भारतीय माओवादीका सदस्य रहेको प्रहरीको दावी छ । एजेन्सी