काठमाडौं । भर्खरैं मात्रैं हिन्दु नेपालीहरुले आफ्नो महान पर्व दशैं तिहार छठ लगायतका पर्वहरु मनाएर सकाएका छन । यो बिचमा धेरैं प्रकारका दुर्घटना भएका छन । सवारी दुर्घटना सबैंभन्दा धेरैं भएका छन भने आगलागीका घटनाहरु पनि उस्तैं रहेका थिए । चाडपर्व मनाउँन गाउँ जाने र आउँनेहरुको चापले गर्दा सवारी दुर्घटना भए भने तिहारमा पट्काएको पटकाको आगो सल्किएर आगलागी भयो ।
यो बिचमा छिमेकी मुलुक चीनबाट दुखत आएको छ । चीनको पूर्वी शानडोंग प्रान्तमा एक कारखानाको गोदाममा एक भीषण विस्फोट भएको छ । विष्फोटमा परि ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । चिनियाँ अधिकारिहरुले पिंगयिन काउंटीको कोंगकुन उपनगरको हुइफेंग कार्बन संयन्त्रमा भिषण आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय प्रशासण र प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको चिनियाँ सञ्चारमाध्यहरुले जनाएका छन ।